Rule 23B
प्रतिलिपि दिने
(१) नियम २३ बमोजिम स्थायी
लेखा नम्बरको प्रमाणपत्र लिएको कुनै व्यक्तिले
स्थायी लेखा नम्बर प्रमाणपत्र हराएमा वा अन्य कुनै
किसिमबाट नासिएमा त्यस्तो प्रमाणपत्रको प्रतिलिपि
लिनको लागि विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त
भएको मितिले तीन दिनभित्र विभागले निवेदकलाई
स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्रको प्रतिलिपि
प्रदान गर्नु पर्नेछ ।